आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकदैं जाँदा देशका विभिन्न स्थानसहित जनकपुरधाममा समेत खाना पकाउने (एलपीजी) ग्यासको आभाव देखिएको छ ।
अहिले प्रत्येक विक्रेता कहाँ ३/४ दिन पर्खिनुपर्ने अवस्था श्रृजना भएको छ । मनोज, नोबेल र सुपर लगायत करीब एक दर्जन कम्पनीका एलपीजी ग्यास बिक्रि वितरण भइरहेका छन् । प्रत्येक विक्रेता कहाँ अहिले ग्यासको आभाव देखिएको छ । उपभोक्ताहरुले रकम जम्मा गरेको तीन÷चार दिनसम्म पर्खिनुपर्ने अवस्था रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिका ४ का उपभोक्ता दिनेश यादवले भने आफू मनोज ग्यास प्रयोग गर्दै आएका छौं । ग्यासका लागि पैसा जम्मा गरेको दुई दिन भइसक्यो अहिलेसम्म ग्यास पाएको छैन । शायद भोलीसम्म दिने हो ।
यस्तै जनकपुरधाम १४ का विकास साहले भने ग्यासका लागि दुई दिनदेखि विक्रेता कहाँ गइरहेका छौं । तर अहिलेसम्म नआएको भनी फर्काउने गरेको छ । उनले पनि भोलीको नाम भनेको उपलब्ध गराई दिनेछ ।
ग्यासको अभावका बारेमा एलपीजी ग्यास धनुषाका अध्यक्ष फुलदेव पण्डितले भने अहिले जनकपुरधाममा मात्रै होइन देशैभरि आभाव रहेको छ । उनले भने ‘ग्यास आउने मार्ग भारतमै सडक सम्बन्धी कुनै कार्य भइरहेकाले ढिलो गरी ग्यासको ट्यांकर पुग्ने गरेकाले ग्यासको आभाव हुँदा कम्पनीले नै कोटामा कटौती गरिदिएको छ । मासिक एक हजार सिलिण्डर लिने बिक्रेताले करीब दुई तिहाई ६/७ सय सिलिण्डर मात्रै उपलब्ध गराउने गरेकाले समस्या भएको हो । केही दिनपछि यो समस्या समाधान हुनेछ ।
यसैबीच नेपाल आयल निगमलाई मन्त्रालयले अभाव नगराउन निर्देशन दिएको छ । निगमले जाडो याममा अलीअली नपुग भएको जस्तो देखिए पनि अभाव हुन दिन्नौं भनिसकेको छ’, मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने । यता नेपाल आयल निगम निर्वाचनका कारणले नै ग्यास नभएको बताउँछन् ।
निगमका उपकार्यकारी निर्देशक नागेन्द्र साह नेपालको निर्वाचनलगायत आन्तरिक कारणभन्दा रिफाइनरी तथा बोटलिङ प्लान्टको नियमित मर्मतका कारण अहिले उपत्यकामा ग्यास अभाव देखिएको बताउँछन् । नेपालमा मथुरा, बरौनी, हल्दिया, कर्नाल र पारादिपबाट ग्यास आयात हुने गरेको छ । ५८ उद्योगले भारतबाट आयातित एलपीजी नेपालमा वितरण गर्छन् । ‘जनकपुरधामंबाट सबैभन्दा नजिकको रिफाइनरी स्टेसन बरौनी हो, त्यहाँको नियमित मर्मतका कारण भारतको उडिसाको पारादिपबाट ग्यास ल्याउनुपर्ने भयो । त्यहाँबाट ग्यास बुलेटलाई जनकपुरधाम वा ग्यास कम्पनीसम्म आउन ७ देखि १० दिन लाग्ने गरेको ढिलाई हुने गरेको छ ।
भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट ग्यास आयातका लागि देशैभरिका उद्योगीहरूलाई निगमले मासिक रूपमा उपलब्ध गराउने परिमाण ४९ हजार ५ सय मेट्रिकटन रहेको छ । सन् २०२५ को नोभेम्बरमा ४७ हजार २ सय ६४ मेट्रिकटन, डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिकटन र जनवरी, २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिकटन ग्यास भारतबाट आयात भएको छ ।
अहिलेको मासिक खपत करिब ४६ हजार मेट्रिकटन छ भने दैनिक खपत करिब १५ सय मेट्रिकटन (७०–७५ बुलेट ग्यास) रहेको छ । नेपालमा करिब १ करोड ७० लाख ग्यास सिलिन्डर बिक्री वितरण भइरहेका छन्। आयात र खपतको परिमाणलाई दाँज्दा पनि जाडोयामको माग धान्न पुग्ने परिमाण भएको निगमले जनाएको छ ।
अब मासिक ५१ हजार मेट्रिकटन ग्यास आयात हुने छ। सोहीबमोजिम भारतीय आयल निगमका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्ने गरी जानकारी गराइसकिएको प्रवक्ता ठाकुरले बताए । बजारमा एलपी ग्यासको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उनको भनाइ छ ।
आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न समेत निगमले स्पष्ट पारेको छ ।


