राजेन्द्र महताे नेतृत्वकाे राष्ट्रिय मुक्ति मोर्चा पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। उनीहरूलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीबाट जनकपुरधाम आएर औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।
पार्टी प्रवेश गर्ने नेताहरूमा संजय कुमार चौधरी, बैद्यनाथ कुमार सिंह, विजय कुमार राम, नितु यादव, अशोक ठाकुर, राजाराम कापर, किशुन नायक, पुलक यादव, फुलो देवी पासवान, रामचन्द्र दास, बरतुन पासवान लगायत रहेका छन्।
यस्तै, जिल्ला उपाध्यक्ष तथा सदस्यको रूपमा शंकर कुमार पासवान, बिरेन्द्र पासवान, जीवन कुमार साह, चन्द्रिका मण्डल, प्रकाश ठाकुर, दिनेश साह, इन्द्रजीत दास र राजु कुमार चौधरीसमेत जसपा नेपालमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन, युवा नेता प्रशान्त झा, शत्रुधन यादव तथा जसपा नेपालका सूचना विभाग प्रमुख जितेन्द्र यादवसहितका नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गरेका नेताहरूले जसपा नेपालको नीति, विचार र नेतृत्वबाट प्रभावित भएर समाहित भएकाे बताए । उनीहरुले मधेशको अधिकारको लडाइँमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।


