२०८२ माघ २२, बिहीबार ०७:२४

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जितेन्द्र महासेठ र उद्योग वाणिज्य संघ जलेश्वर महोत्तरीका प्रत्याशी सन्तोष साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

साह जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा नेता समेत रहेका छन् । देशमा वैकल्पिक राजनीतिको माग बढ्दै गएको, सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक अभ्यास आवश्यक रहेको भन्दै उनीहरूले रास्वपामा प्रवेश गर्ने निर्णय गरेको उनीहरुले बताएका छन् ।

उद्योग, व्यापार र युवासँग प्रत्यक्ष सरोकार राख्ने यी नेताहरूको रास्वपामा प्रवेशले जनकपुर क्षेत्रमा पार्टीको संगठन विस्तार, राजनीतिक प्रभाव र जनआधार मजबुत हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले उनीहरुलाई रास्वपामा भित्र्याएका छन् ।

विशेषगरी जनकपुरधाम र महोत्तरी क्षेत्रमा यी नेताहरूको राजनीतिक र सामाजिक प्रभावलाई ध्यानमा राख्दा आगामी दिनमा रास्वपाको गतिविधि थप प्रभावकारी हुने देखिएको छ ।

Comment


Related News

Latest News

Trending News