प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन एकै चरणमा हुने स्पष्ट पार्नुभएको छ ।
बिहीबार भक्तपुरस्थीत जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकैचरणमा निर्वाचन हुने स्पष्ट पार्नुभएको हो । तोकिएको मितिमा निर्वाचन गरेर मतपरिणाम आएपनि आफ्नो जिम्मेवारी पुरा गरेर आफु घर फर्किने उहाले बताउनुभयो ।
उहाले फागुन २१ गते देशभरको मौसम राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । प्रधामन्त्री कार्कीले मतपत्र छपाइको काम हेर्दा निकै उत्साह लागेको धारणा राख्नुभयो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र अव जनताले छाप मात्रै लगाउन बाँकी रहेको बताउनुभयो ।
त्यस्तै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हरहालतमा निर्वाचन हुने र सवै तयारी सकारात्मक ढंगले अघि बढेको बताउनुभयो । निर्वाचनका लागि कुनै सुरक्षा चूनौति नरहेको उहाले बताउनुभयो ।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको र निर्वाचन आचारसंहीता उलंघनमा कडाई गरिएको जानकारी दिनुभयो । तोकिएको समयमा निर्वाचन गर्न सरकार संवेदनशील देखिएको र आयोग पनि निर्वाचन गर्न दृढ रहेको उहाको भनाइ छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगले जानकारी दिएको छ । त्यस्तै आयोगले समानुपातीकतर्फको मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको समेत उल्लेख गरेको छ ।


