२०८२ माघ २३, शुक्रबार ०७:३२

रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

दुर्घटनापछि उम्मेदवार आलम र गाडी चालक फरार रहेको रौतहट प्रहरीले जनाएको छ । दुर्घटना ईशनाथ नगरपालिका–४ स्थित मठिया टोलमा भएको उम्मेदवार आलम चढेको गाडीले ठक्करबाट बालिका अलसा खातुनको मृत्यु भएको थियो । स्थानीयवासीले जनाए अनुसार सडक छेउमा रहेको बालिकालाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी बालिकाको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले पुष्टि गरेको छ । उनी स्थानीयवासी शेख साजिरकी छोरी रहेको रौतहट प्रहरीले जनाएको छ । स्थानीयवासीले दुर्घटना भएपछि यहाँका वासीहरु थप आक्रोश सिर्जना गरेको छ । रौतहट प्रहरी स्रोतले जनाए अनुसार बा १५ च ४२४४ नम्बरको क्रेटा गाडीले बालिकालाई ठक्कर दिएको छ ।

दुर्घटनापछि गाडीमा सवार रास्वपा उम्मेदवार सगिर आलम र चालक घटनास्थलबाट फरार भएका छन् । रौतहट प्रहरीले दुर्घटनामा संलग्न गाडी नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको जनाइएको छ । घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए । त्यसपछि बालिका खातुनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो ।

गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको रौतहट प्रहरीले जनाएको छ । फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद बस्यालले जानकारी दिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News