२०८२ माघ २३, शुक्रबार ०७:५१

धनुषा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द यादवले क्षीरेश्वरनाथ नगरपालिकामा वडास्तरीय भेला सम्पन्न गरेका छन् ।

बिहीवार नगरपालिकाको वडा नम्बर ५ महेन्द्रनगरमा आयोजित वडास्तरीय भेलामा निर्वाचनको प्रचार प्रसारको तयारी बारे चर्चासँगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले आगामी निर्वाचन लोकतन्त्रको सुदृढीकरणका लागि निर्णायक हुने बताए । उनले कांग्रेस पार्टी जनताको अधिकार, विकास र समावेशी लोकतन्त्रको पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गर्दै भने, “यो चुनाव केवल व्यक्ति जित्ने वा हार्ने विषय होइन, यो जनताको भविष्यसँग जोडिएको एजेण्डा पनि रहेकाले सबै कार्यकर्ता एकताबद्ध भई घर–घरमा कांग्रेसको एजेन्डा पु¥याउन आग्रह गरे ।“ कांग्रेस जिल्ला सभापति योगेन्द्र पजियारले कांग्रेस पार्टी जनताको भरोसाको पार्टी भएको उल्लेख गर्दै संगठन विस्तार र कार्यकर्ता परिचालनमा जोड दिए । उनले भने, “जनताको सुख–दुःखमा सधैं साथ दिने पार्टी कांग्रेस हो । आगामी निर्वाचनमा त्यसको पुष्टि हुने गरी हामी सबै मैदानमा खटनुपर्ने आवश्यक रहेको छ ।“

भेलाका अध्यक्ष लालबाबु यादवले संगठन मजबुत बनाउन वडा तहको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । सहभागी वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी, प्रचार–प्रसार र जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नगरध्यक्ष समेत रहेका लालबाबु यादवको अध्यक्षतामा सम्पन्न भेलामा धनुषा क्षेत्र नं. ४ अन्तर्गतका विभिन्न वडाका वडा सभापतिहरू, पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News