२०८२ माघ २४, शनिबार ०७:५६

त्रेता युगमा राजा जनकको राज्य मिथिला र राजधानी जनकपुरधामलाई मध्यनजर गरी प्रत्येक वर्ष भक्तिभाव, आस्था र धार्मिक विश्वासका साथ मिथिला माध्यमिकी परिक्रमा गर्ने पौराणिक चलन रहेको छ । जस अन्तर्गत नेपाल–भारतका लाखौं साधु सन्त गृहस्थ आश्रमका नरनारीसहित श्रद्धालु भक्तजनहरु सहभागी हुने गर्छन् । तर यस पटक भने आसन्न निर्वाचनको मुखमै परिक्रमाका कारण अहिले परिक्रमावासीसहित साधु सन्तसमेत चिन्तित छन् ।

विश्वभरका हिन्दूहरुको अस्थाको केन्द्रको रुपमा रहेको मिथिलाको मध्य भागको वार्षिक आवधिक यात्राको तिथि नजिकिएसंगै निर्वाचनका कारण यस वर्ष हुने माध्यमिकी परिक्रमा कसरी हुने होला भनेर साधु सन्तहरु चिन्तित देखिएका छन् ।

नेपाल– भारतमा मिथिला माध्यमिकी धार्मिक पद यात्रालाई महाकुम्भ परिक्रमाको रुप्मा समेत भनिने गरिन्छ । धनुषाको कचुरी मठबाट मिथिला बिहारी र जनकपुरधामको सुन्दर सदनबाट किशोरीजीको डोलाको नेतृत्वमा विधिवत रुपमा आगामी फागुन ५ गते निस्कने १५ दिने परिक्रमा प्राचीन मिथिलाको मध्य भागको यात्रा गरिने चलन छ ।

मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत ४० कोस अर्थात १ सय २८ किलोमिटर गोलाकार मार्गको दुरी हो । १८ औँ शताब्दीमा रचिएको मिथिला महात्म्य महाकाव्यमा वर्णन गरिए अनुसार उक्त परिक्रमा धार्मिक ग्रन्थका धेरै जसो पक्षसंग सम्बन्ध राख्ने स्थानको परिक्रमा गरिने धार्मिक परम्परा छ ।

फागुनको औँसी देखि पूणिर्मासम्म चल्ने परिक्रमामा साधुसन्तलगायत भक्तजन परम्परागत बाजागाजा, झाँकी र कीर्तनसहितका मौलिक पहिरनमा पैदल यात्रा गर्ने धार्मिक परम्परा छ । तर मिथिला माध्यमिकी परिक्रमा पदयात्रासंगै आगामी फागुन २१ गतेको निर्वाचनको मिति जुधेकाले साधु सन्त र गृहस्थ समाजलाई चिन्ता बढाएको छ ।

लामो समय चल्ने धार्मिक पदयात्रासहितको परिक्रमामा १५ विश्राम स्थल मध्ये ११ नेपालमा र चार स्थान भारतमा रहेका छन् । भारतको कल्याणेश्वरबाट फागुन १९ गते बाजा गाजा रगाडी सहितको लावा लस्करमा हजारौँ साधुसन्त र श्रद्धालुहरु जनकपुरधाम पुनः फर्किने र २० गते जनकपुरधामकै पञ्चकोशी अन्तः गृह परिक्रमा पछि मिथिला माध्यमिकी धार्मिक पैदल यात्रा समापन हुनेछ ।

तर फागुन २१ गतेको निर्वाचनमा दुई दिन अघि देखि सीमानाका बन्द र मौन अवधि रहने भएकाले पदयात्राका श्रद्धालुहरुको सहभागी कसरी जनकपुरधाम आउने र लगत्तै होली पर्व मनाउन कसरी फर्किने भन्ने बारे अहिले सर्वत्र चिन्ता र चासोको विषय बनेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई लक्षित गरी चारैकुनामा राजा जनकले स्थापना गरेका चार शिवालय कल्याणेश्वरनाथ, जलेश्वरनाथ, क्षीरेश्वरनाथ र सप्तेश्वरनाथलाई आधार मानेर मिथिला माध्यमिकी परिक्रमा गर्ने धार्मिक परम्परा छ ।

यस परिक्रमामा सहभागी भएमा राजा जनकले पुनः गृहस्थाश्रममै रहेर सम्पूर्ण राजकाज चलाएरै मोक्ष प्राप्त गर्न सफल हुने धार्मिक विश्वास रहिआएको छ ।

Comment


Related News

Latest News

Trending News