२०८२ माघ २५, आईतवार ०७:४२

जेन– जी आन्दोलन अघि जनमत पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न राजनीतिक दलसंग पार्टी एकीकरणका लागि हातेमालो गर्न तम्सिए पनि अन्ततः सफल भएन । नागरिक उन्मुक्ति पार्टी, रास्वपा र पछिल्लो चरणमा मधेश केन्द्रित दलहरुसंग गठन गरिएको मोर्चासमेत कार्यगत एकता गरी निर्वाचनमा होमिने सम्भावना पनि छिन भएर गएपछि जनमत पार्टी समेत एक्लाएक्लै चिर्वाचनमा होमिएको छ ।

प्रतिनिधिसभा निर्वाचनका प्रचारप्रसारमा रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतले भने कुनै बेला पार्टी एकीकरण गर्ने भनि तम्सिए पनि अहिले आएर रास्वपामाथि गम्भीर आरोप लगाएका छन् । सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमार्फत अध्यक्ष राउतले रास्वपामाथि आरोप लगाउँदै प्रहरीको गाडी दुरुपयो गरी पार्टी प्रचारप्रसार गरिरहेको दाबी गरेका छन् ।

शनिबार फेसबुकमा लेख्दै राउतले अध्यक्ष राउतले प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको आरोप लगाए । उनले फेसबुकमा लेखेका छन्, ‘प्रहरीको गाडी रास्वपाको प्रचारमा प्रयोग भएको छ । प्रहरीले रास्वपाका उम्मेदवारलाई स्कर्टिंग गरेका छन्, ‘यहाँसम्म कि प्रहरीले रास्वपाको मत माग्दै हिँडेका छन् ।’ प्रहरीले रास्वपाको अराजक हुललाई संरक्षण दिएको पनि राउतले लेखेका छन्, ‘जनताले सब हेर्दैछ, र जवाब दिनेछ,’ उनले अगाडि थपेका छन् ।

राउतले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । अध्यक्ष राउतले भनेका छन्, ‘मलाई पूरा आशंका के छ भने– यस्तो(जेनजी विद्रोह) घटना प्रायः घटेको छ । उनले भनेका छन्, ‘त्यसपछि त्यसलाई लिगलाइज गर्नलाई मञ्चन गरिन्छ । जस्तो इराकमा भयो ।’

Comment


Related News

Latest News

Trending News