२०८२ माघ २५, आईतवार ०७:५३

पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट दशजना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । विगतको निर्वाचनभन्दा यसपटक विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी प्रत्यक्ष रूपमा सबैभन्दा धेरै दशजना महिला प्रतिस्पर्धामा उत्रिएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाताको संख्या तुलनात्मक रूपमा बढी रहे पनि एकजना मात्र महिला उम्मेदवार चुनावी दौडमा रहेकी छन् । निर्वाचन कार्यालय पर्साले जनाए अनुसार आर्य शशीकला राउतले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी छन् । महिला उम्मेदवारको हिसाबले सबैभन्दा बढी सक्रियता क्षेत्र नम्बर २ मा देखिएको छ ।

पहिलोपटक रिमा कुमारी यादव नेकपा एमालेबाट उम्मेदवार बनेकी छन् । त्यस्तै बिना जयसवाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी छन् । उनी २०७९ सालको निर्वाचनमा राप्रपाबाट समानुपातिक सांसद थिइन् । रञ्जु कुमारी साह प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेकी छन् ।

त्यस्तै किस्मती देवीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै जनमत पार्टीकी मालती कुमार कुशवाहा उम्मेदवार बनेकी छन् । उनी पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मैदानमा उत्रिएकी छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि चारजना महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

सिमादेवी कलवार जनमत पार्टीबाट उम्मेदवार बनेकी छन् । उनले पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी छन् । अन्य तीनजना स्वतन्त्र उम्मेदवारका रूपमा रहेकी उमा देवी, कान्ति देवी कुर्मी र सुरजी देवी नुनियाले उम्मेदवारी दर्ता गराएकी छन् ।

Comment


Related News

Latest News

Trending News