२०८२ माघ २५, आईतवार ०८:१०

नेपाली कांग्रेसका नेता एवं धनुषा ३ का उम्मेदवार विमलेन्द्र निधिले जनकपुरधाममा निर्माणाधीन श्रीरामजानकी क्रिकेट स्टेडियम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

शनिबार चुनावी प्रचारका क्रममा वडा भेलालाई सम्बोधन गर्दै नेता निधिले क्रिकेट स्टेडियम निर्माणलाई प्राथमिकतामा रहेकाले यस विषयमा भारतीय दूतावास तथा संघीय र प्रदेश सरकारका अर्थमन्त्रीसँग छलफल गरिसकेको बताए । उनले भने, ‘मैले भारतीय दूतावास र दुबै अर्थमन्त्रीसँग कुरा गरिसकेको छु ।

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्नै पर्छ ।’ निधिले जनकपुरधामलाई खेलकुद पर्यटनको केन्द्रका रूपमा विकास गर्न स्टेडियम महत्वपूर्ण पूर्वाधार हुने उल्लेख गर्दै यसले युवाहरूलाई खेलतर्फ आकर्षित गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्ने निश्चि रहेको भने । उनले आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता जनाए । ‘यो खेल मैदान मात्र नभई जनकपुरधामको पहिचान र गौरवसँग जोडिएको परियोजना हो,’ उनले थपे ।

Comment


Related News