२०८२ माघ २५, आईतवार १६:११

रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरका निवर्तमान मेयर बालेन्द्र साहको धुम्बाराही चप्पल कारखानास्थित डेरामा चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनका डेरामा चोरी गर्ने बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर- ६, पड्कु घर भई काठमाडौं, गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का र डोटी, दिपायल- ६ घर भई धादिङको धुनिवेँशी, खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन् ।

जेन-जी आन्दोलनका क्रममा फरार भएका कैदी खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । त्यसमध्ये मनिष राजवाहक जेन-जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट भागेका थिए ।

२०७९ पुस १८ मा चोरी मुद्दामा ३ वर्ष ६ महिनाको सजायका लागि जेल चलान भएका थिए । उनीविरुद्ध २०७२ जेठ २४ मा प्रहरी वृत्त कालिमाटीबाट सार्वजनिक अपराध र महाराजगञ्ज वृत्तबाट २०७२ असार ८ मा चोरी मुद्दा चलेको थियो ।

उनी कामपा २६ मा रहेको होटल क्लासिकमा बस्थे । माघ २३ गते बाँसबारीबाट पक्राउ परेका उनले बालेनको डेराबाट चोरेको मध्ये वर्ल्डलिंकको एउटा राउटर र दुईवटा सीसीटीभी क्यामेर प्रहरीले बरामद गरेको छ ।

Comment


Related News

Latest News

Trending News