२०८२ माघ २५, आईतवार १९:३५

विवादास्पद अभिव्यक्ति र कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार हाजिरी जमानीमा रिहा भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको रोहबरमा उनलाई हाजिरी जमानीमा रिहा गरिएको छ । प्रसाईंलाई शुक्रबार मात्रै प्रहरीले दक्षिणकालीको चाल्नाखेलबाट नियन्त्रणमा लिएको थियो।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले समातेको थियो ।

पछिल्लो समय ‘राजसंस्था पुनर्स्थापना’ र ‘हिन्दू अधिराज्य’को एजेन्डा लिएर देशका विभिन्न भागमा प्रदर्शन गर्दै हिँडेका प्रसाईंले उत्तेजक अभिव्यक्ति दिएको र शान्ति सुरक्षामा खलल पुर्‍याएको प्रहरी दाबी छ।

यसअघि पनि पटक-पटक पक्राउ पर्दै र छुट्दै आएका प्रसाईंले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा हुनुपर्ने भन्दै ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ सञ्चालन गर्दै आएका छन्।

सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि तत्काल हिरासतमा राख्न आवश्यक नदेखेपछि उनलाई आइतबार साँझ छाडिएको हो। यद्यपि, अनुसन्धान प्रक्रिया जारी रहने र प्रहरीले बोलाएको समयमा उपस्थित हुनुपर्ने सर्तमा उनलाई छाडिएको ब्युरोले जनाएको छ।

Comment


Related News

Latest News

Trending News