२०८२ माघ २७, मंगलवार ०७:४९
धनुषाको हँसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको निधन भएको छ ।
मस्तिष्कघातले बिरामी परेका मेयर यादवको उपचारको क्रममा रहेका नर्भिक अस्पतालमा मृत्यु भएको हो । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । यस अघि उनी ब्लडप्रेसर र सुगरबाट पीडित थिए ।


