२०८२ माघ २७, मंगलवार ०७:५८

गोली बेइज्जती मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अमरेश कुमार सिंहले सफाई पाएको छ ।

२०७९ साल देखि गाली बेइज्जती मुद्दामा सफाई पाएपछि डा. सिंहले सामाजिक सञ्जालमा “सत्य परेशान हो सकती हे पर पराजित नही“ लख्दै अन्ततः आफूले जीत हासिल गर्न सफल भएको भनेका छन् ।

जिल्ला अदालतका न्यायधिश खिमलाल भूषालको इजलाशबाट वादीको गरेको अभियोग बमोजिम कसुर दाबी नपुगेको भनी सफाई दिएको हो । २०७९ जेठ २६ गते देउवाले सिंहलाई विपक्षी बनाई जिल्ला अदालत काठमाडौंमा गालीबेइज्जती मुद्दा दर्ता गराएकी थिइन । रिट निवेदनमा अमरेशलाई हदैसम्मको कारवाही गर्न माग गरेकी थिइन् ।

डा. सिंहले आर जुलाई ‘गणतन्त्रकी पम्फादेवी’को संज्ञा दिँदै आएका थिए । देशका ठूला भ्रष्टाचार काण्डमा आरजुको संलग्नता रहेको आरोपसहित अमरेशले सञ्चार माध्यममा अन्तवार्ता दिदा उनले मुद्दा दायर गरेकी थिइन ।

नक्कली शरणार्थी प्रकरणमा आफूमाथि नियोजित प्रहार गरिएको भन्दै आरजुले संसदमा आक्रोश व्यक्त गरेकी थिइन् ।

आफ्नो चरित्रहत्या गरिएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी मुद्दा दर्ता अघि दिंदै आएकी थिइन ।

Comment


Related News

Latest News

Trending News