२०८२ माघ २८, बुधबार ०७:४५

राष्ट्रिय मुक्ति पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार राजीव झाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष झालाई समर्थन गर्ने भएका छन् ।

उम्मेदवार राजीव झाका सहयोगी कृष्णा साहले जनाए अनुसार बुधबार घण्टी छापलाई समर्थन गर्ने निर्णय भएको छ । मंगलवार राति झाले आफ्ना निकटहरुसित समेत छलफल गरी रास्वपाका उम्मेदवारलगायतका नेताहरुसित छलफल गरेको साहले बताए । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी(रामुपा) को तर्फबाट जाँतो चुनाव चिह्न लिएर मैदानमा उत्रेका झाले प्रचार प्रसार पनि शुरु गरिसकेका थिए । रामुपाका महामन्त्री अनिल कुमार महासेठले जनाए अनुसार पार्टीगत रुपमा रास्वपासित कुनै सहमति भएको छैन ।

‘रामुपा र रास्वपाबीच पार्टीगतरुपमा एक अर्कालाई समर्थन गर्ने विषयमा कुनै निर्णय भएको छैन’ उनले भने, तर उम्मेदवारले नै रास्वपाको उम्मेदवारलाई समर्थन गर्ने विषयमा मलाई जानकारी छैन । महतो धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पहिलो संसदीय निर्वाचन जितेका थिए ।

केही दिन अघि मात्र उनले नेतृत्व गरेको रामुपा धनुषाका अधिकांश नेताहरुले पार्टी परित्याग गरेका थिए ।रामुपा परित्याग गरेका नेताहरु जनता समाजवादी पार्टी(जसपा) नेपालमा प्रवेश गरिसकेका छन् । झाले पार्टीको दियोलाई चुनावसम्म बाल्न सकेनन् । उनी पनि रास्वपालाई समर्थन गर्ने भएको छ ।

रास्वपाका मधेश प्रदेश आरएटी विभागका प्रमुख अम्भु प्रसाद साहले बुधवार बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी समर्थन गर्ने कार्यक्रम रहेको बताएका छन् । ‘जाँतो छापका उम्मेदवार राजीव झाले समर्थन गरेको सार्वजनिक गर्न संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ’ उनले यसले रास्वपाका उम्मेदवारको पक्षमा जनलहर आउने छ ।

Comment


Related News

Latest News

Trending News