२०८२ माघ २८, बुधबार १८:१०

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नगरपालिकाले सागरनाथ वन विकास परियोजनाको जग्गामा कानून विपरीत ‘बहुउद्देश्यीय माछा पोखरी’ निर्माण गर्ने क्रममा वन पैदावारको दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज१३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर थापासहित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र तत्कालीन इन्जिनियर सागर पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुख विशाल घिमिरे, तत्कालीन निमित्त परियोजना प्रमुखहरू देवेशमणि त्रिपाठी, रामकिशोर यादव, प्रेमीलाल प्रसाद कलवार तथा तत्कालीन सहायक वन अधिकृत चन्द्रकुमारी श्रेष्ठ, तत्कालीन सहायक वन अधिकृत शिवेन्द्रप्रसाद चौधरी, कार्यालय प्रमुख जीतेन्द्र कर्माचार्य र सहायक वन अधिकृत भोल यादवविरुद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले उनीहरूसँग जनही ५८ करोड ६२ लाख १४ हजार ६ सय ५८ रुपैयाँ बिगो मागदाबी गरेको छ । बागमतीका तत्कालीन मेयर थापाविरुद्ध यो पाँचौँ मुद्दा दायर भएको हो ।

Comment


Related News

Latest News

Trending News