२०८२ माघ २९, बिहीबार ०७:२९

संसद् विघटन मुद्दामा रिट निवेदकलाई सर्वोच्च अदालतले अर्को साधारण तारिख फागुन ८ गतेका लागि तोकेको छ ।

सर्वोच्चले संसद् पुनस्र्थापनाको माग गर्दै रिट दायर गरेका निवेदकलाई बुधबार (माघ २८) पुनः फागुन ८ गतेको साधारण तारिख दिएपछि चुनावअघि फैसला आउने सम्भावना सकिएको छ । सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले रिट निवेदकलाई फागुन ८ गतेको साधारण तारिख दिइएको जानकारी दिएका छन् ।

जेनजी आन्दोलनपछि गरिएको संसद् विघटनको निर्णय बदरको मागदाबी गर्दै नेपाली कांग्रेस, एमाले र कानुन व्यवसायीका तर्फबाट दायर भएका रिट निवेदन सर्वोच्चमा विचाराधीन अवस्थामा छन् । फागुन ८ गतेका लागि तय भएको साधारण तारिखमा मुद्दाका पक्षले सर्वोच्चमा उपस्थित भएर अर्को तारिख लिएर जाने काम हुन्छ । त्यस दिन मुद्दाको सुनुवाइ हुँदैन ।

सुनवाइका लागि अर्को पेसी तोकेर मात्र प्रक्रिया अघि बढ्छ । सर्वोच्चले यसअघि माघ २० र २८ गतेका लागि रिट निवेदकलाई साधारण तारिख दिएको थियो ।

Comment


Related News

Latest News

Trending News