राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह बुधबार बिहान नवलपुर हुँदै सदरमुकाम मलंगवा प्रवेश गर्दा नेता कार्यकर्तालाई बेवास्ता गरेपछि समर्थक रुष्ट भएका छन् ।
नेता साह सदरमुकाम मलंगवाबाट गोडैता, बरहथवा हुँदै रोतहट प्रस्थान गरेका थिए । १ दिन पहिला उनको कार्यक्रमको रोड म्याप पार्टीले सार्बजनिक गरेको थियो ।
माघ २८ गते बिहान ८ः०० बजे सर्लाहीको सदरमुकाम मलंगवा पुगेर क्षेत्र नं,४ को गोडैता नगरपालिका हुँदै हुलाकी सडकबाट गडहिया चौक –छतौना–धुर्वा– खैर्वा बजार– बहुअर्वा–बैरिया– सिसौट बजार हुँदै मानपुर बैरेज – पिपराभिता–हजरिया हुँदै बरहथवा बजार सम्मको कार्यक्रम रहेको थियो । यद्यपि बुधबार बिहान अचानक मात्र नेता बालेन साहको रूट परिवर्तन भएको पार्टीले जनाएको थियो ।
जस अनुसार शाह (बालेन) महोत्तरीको बर्दीवासबाट सर्लाहीको लालबन्दी, हरिवन, बरथवा, हुँदै रौतहटको गरुडा, चपुर, त्यस पछि बारा जिल्लाको निजगढ, कलैया, पर्साको वीरगञ्ज र जितपुरमा रोड शो गरिने पार्टीले जनाएका थिए । सोही अनुसार बालेन साह सर्लाहीको लालबन्दी पुगेर हरिवन नगरपालिका जाँदै गर्दा बिच बाटोमै सर्लाही क्षेत्र नं, ४ का रास्वपाको उम्मेदवार डा. अमरेश कुमार सिंहले भावनात्मक मैसेज गरेपछि साह हरिवन पुगेर पुनः नवलपुर हुँदै मलंगवा पुगेका थिए ।
मलंगवाबाट सिधै गाडीमै बसेर अमरेश सिंहको चुनावी क्षेत्र ४ मा उनी पुग्न भ्याए । यधपी बालेन साह लगभग लगातार ५० देखि ६० को स्पिडमा गाडीमै बसेर सर्लाहीका केही ठाउमा गएका हुन । बालेनको सर्लाही भर्मणमा पार्टी नेता, कार्यकर्ता तथा समर्थकलाई समय नदिएपछि सबै जना रिसाएका छन् ।



