२०८२ फाल्गुन १, शुक्रबार ११:३६

आज सुनचाँदीको मूल्य सामान्य रुपमा घटेको छ ।

बिहीबार प्रतितोला ३ लाख ६ हजार ५ सयले कारोबार भइरहेको सुनको मूल्य ३ हजारले घटेको छ । यस्तै, चाँदी प्रतितोला ३ सय ४० रुपैँयाले घटेर ५ हजारमा कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार ३४० मा कारोबार भएको थियो । यसैगरी, बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० र एक तोला चाँदीको मोल ५ हजार २९० कायम भएको थियो ।

गत मङ्गलबार प्रतितोला सुन ३ लाख ५हजार ५०० र एक तोला चाँदीको मोल ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ र त्यति नै चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News