२०८२ फाल्गुन १, शुक्रबार १८:०६

निर्वाचन आयोगले प्रतिनिधिसभामा भाग लिने दलहरुले चुनावी घोषणापत्र बुझाउन ताकेता गरेको छ।

आयोगले आइतबार (फागुन ३ गते)भित्र दलहरुलाई चुनावी घोषणापत्र पेश गरिसक्न भनेको हो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले दलहरुलाई चुनावमा जानुअघि उम्मेदवारले नागरिक समक्ष घोषणापत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ।

आयोगको निर्देशानुसार शुक्रबारसम्म राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरी आयोगलाई जानकारी दिएका छन्।

Comment

Related News

Latest News

Trending News