२०८२ फाल्गुन २, शनिबार ०७:५७
जनकपुरधाम उपमहानगरपालिका ७ को वडा कार्यालयले परिक्रमा राख्ने चौताराको जग्गा कब्जा गरिएको भन्ने कुरा समाचारमा आएपछि ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
जनकपुर टुडे पत्रिकामा परिक्रमा डोला राख्ने स्थलमा काँटीसहितको पर्खाल निर्माण गरिएको बारे समाचार प्रकाशन गरिएको थियो । समाचार प्रकाशनकै दिन वडा कार्यालयले पर्खाल निर्माण सम्बन्धीत जग्गाधनीलाई ७ दिनभित्र कागजात उपलब्ध गराउन भनी सूचना टाँस गरेको छ ।
सूचनामा भनिएको डोला राख्ने ठाउँको स्थित दक्षिण साइडमा पर्खाल लगाएकाले सो जग्गाको लालपूर्जा, नक्सा, कुन मापदण्डले पर्खाल लगाइएको छ भन्ने सम्पूर्ण कागजात सहित ७ दिनभित्र वडा कार्यालय उपलब्ध गराई दिनु हुन अनुरोध छ ।



