२०८२ फाल्गुन २, शनिबार १६:५९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २०८७ सम्ममा दिगो बिकास हासिल गर्ने लक्ष्यसहितको चूनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित एक कार्यक्रमकाबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु कमल थापा, पशुपतिशम्शेर जवरा, डा प्रकाश चन्द्र लोहनीलगाएतका नेताहरुले आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत पार्टीको संकल्प पत्र सार्वजनिक गरेका हुन् ।

संकल्प पत्रमा राप्रपाले राष्ट्रियता र सार्वभौमिकताको सुदृढिकरण, शासकीय सुधार, सामाजिक रुपान्तरणको प्रर्बद्धन, सामाजिक सुरक्षाको सुनिश्चितता तथा २०८७ सम्ममा दिगो बिकास हासिल गर्ने लक्ष्य राखेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्रता, अखण्डता, एकता, सार्वभौमिकता, प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र संवर्धनको निम्ति राष्ट्रिय सुरक्षा मूल नीति बनाइएको राप्रपाले जनाएको छ ।

नेपालका समृद्धिका ६ प्रमुख आधार स्तम्भ जलस्रोत÷विद्युत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासन, विदेशमा बस्ने नेपालीको सीप र पूँजी र निजि क्षेत्रको बिकासमा नीतिगत कदम कार्यान्वयन गरिने राप्रपाको संकल्प पत्रमा उल्लेख छ ।

त्यसैगरि उच्चस्तरीय नागरिक आयोग गठन गरि ४६ सालपछिका उच्चपदस्त नेता तथा कर्मचारीहरुको सम्पती छानविन गरि अवैध सम्पती जफत गरिने, राजनीतिक हस्तक्षेपमुक्त संवैधानिक नियुक्तिको व्यवस्था गरिने, न्यायापालिकामा देखिएको बिकृति विसंगति अन्त्य गरिने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।

राप्रपाले अभिभावकीय संस्थाको रूपमा राजसंस्थ रहने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई शासकीय संरचना, गैरदलीय स्थानीय तह लगाएतका बिषयलाई समेत संकल्प पत्रमा प्राथमिकताका साथ राखेको छ । त्यस्तै राप्रपाले कसैले नहार्ने देशले जित्ने सवल, समृद्ध र सम्मुन्नत नेपाल निर्माण गर्ने अभियानमा समर्थन गर्न आह्वान समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News