२०८२ फाल्गुन ३, आईतवार ०७:२६

नेकपा एमाले सिरहाका २ पूर्व सांसदसहितका नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । सिरहाको गोलबजारमा शनिवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसांसद जानकी राम र निवर्तमान सांसद सम्झना थपलियाले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेहरूमा पूर्वसांसद जानकी राम, निवर्तमान सांसद सम्झना थपलिय, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज फूलेश्वर नायक, नेपाल उद्योग व्यसायी महासंघका सिरहा जिल्ला अध्यक्ष पशुपति साह, नगर कमिटी सदस्य लक्षमण यादव, गोलबजार ९ नम्वर वडा कमिटी सदस्य बिरेन्द्र कुमार सिंहले पार्टी परित्यागको घोषणा गरेका छन् ।

पार्टीभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैली, विधि–पद्धती र सिद्धान्तबाट विचलित तथा आन्तरिक लोकतन्त्रको क्षयविकरणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफूहरु पार्टी परित्गाग गर्न बाध्य भएको विज्ञप्तिमा जनाइएको छ ।

‘पार्टीलाई सही मार्गमा ल्याउन सुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदासमेत नेतृत्व तहबाट कुनै सुनुवाई नहुनु, इमान्दार कार्यकर्ताहरुलाई निरुत्साहित गर्ने प्रवृति मौलाउनु र विचारभन्दा व्यक्तिको वर्चस्व हामी हुनुजस्ता काराणले हामी बाध्यात्मक परिस्थितिमा पुगेका छौँ ।’ उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरुले नेतृत्व भनेर सम्बोधन गरिएका एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेश संयोजक लिलानाथ श्रेष्ठको स्वेच्छाचारी प्रवृतिले आजित भएर आफूहरु पार्टीमा बस्नै नसक्ने अवस्था रहेको बताए । उनीहरुले राजनीतिको उद्देश्य पद र शक्ति नभइ जनताको हित, सुशासन र नैतिकताको आधारमा राजीनामा दिएको दाबी गरेका छन् ।

पार्टी भित्र देखिएको विकृतिले आम जनतामा जन्यायको अनुभूति गराएको यथार्थलाई नेतृत्वले गभ्म्भीर रुपमा आत्मसात गर्नेछ भन्ने अपेक्षा राख्दै, हामी अव स्वच्छ, उत्तरदायी र परिवर्तनमुखी राजनीतिक यात्रामा आगामी बढ्ने पूर्वसांसदहरु राम र थपलियाले जनाएकी छन् ।

Comment


Related News

Latest News

Trending News