२०८२ फाल्गुन ३, आईतवार १७:०१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बन्न नसकेको बताउनुभएको छ ।

आइतबार झापाको भद्रपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले अहिलेसम्म हेर्दा अझै पनि तोकिएको समयमा ढुक्कका साथ निर्वाचन हुनेमा संशय रहेको बताउनुभएको हो ।

ओलीले बंगलादेशमा जस्तै नेपालमा पनि सामाजिक सञ्जालमा पपुलर भएका व्यक्तिहरु थोरै सिटमा समेटिने जिकिर गर्नुभयो । आसन्न निर्वाचनका लागि आफु सवै मतदाताको घर–घरमा पुग्ने प्रयास गर्ने उहाले बताउनुभयो ।

झापा क्षेत्र नं. ५ का उम्मेदवार ओली मतदाता भेटघाट तथा अन्य निर्वाचन केन्द्रीत कार्यक्रमका लागि झापा पुग्नुभएको हो ।

Comment


Related News

Latest News

Trending News