२०८२ फाल्गुन ३, आईतवार २२:१८

माघ ३ गते । सर्लाही सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयका सब इन्जिनियर प्रमोद कुमार यादवलाई गोली हानी हत्या गरिएको छ ।

मलङ्गवा १० स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली हानी हत्या गरेको हाे । राति ८ बजेको समयमा मलंगवा १० स्थित डेरामा यादव माथि गाेली प्रहार गरिएकाे छ । यादवकाे बायाँ छातीमा मुटुकाे तल नजिकबाट गाेली प्रहार भएकाे थियाे । गाेली प्रहारबाट घाईते यादवलाई उपचारकाे लागि प्रादेशिक असपताल मलंगवामा ल्याए पछि उनकाे घटना स्थलमै मृत्यु भई सकेकाे चिकित्सकले जनाएको छ । सिरहा जिल्ला सुखिपुर नगरपालिका घरभएका ई यादव लगभग १ बर्ष देखि पुर्बाधार विकास कार्यालय मलंगवामा कार्यारत थिए ।

यादवकाे दुई बर्षकाे छाेरी रहेकाे छ ।

Comment


Related News

Latest News

Trending News