२०८२ फाल्गुन ४, सोमबार १३:२६

मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरू भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो ।

यो परिक्रमा १५ दिनसम्म चल्नेछ र यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू सहभागी छन् । यात्राले कूल १ सय ३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र ठाउँहरू पार गर्नेछ ।

अठारौं शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित छ । परिक्रमा १५औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।

Comment


Related News

Latest News

Trending News