२०८२ फाल्गुन ५, मंगलवार ०७:४१

यही फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा उम्मेदवारहरूबीच चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । घरदैलो अभियानको पहिलो चरण सम्पन्न भएसंगै सबै उम्मेदवार नयाँ रणनितिका साथ जनविश्वासलाई आफ्नो पक्षमा पार्न सक्रियतालाई कसिदै गएका छन् ।

पर्साका चारवटै क्षेत्रमा नेकाँ, रास्वपा र एमालेबीच त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको छ । जसमध्ये क्षेत्र नम्बर–२ रोचक बनेको छ । घरदैलो तथा भेटघाट कार्यक्रम अधिकांश स्थानमा सौहाद्र्रपूर्ण वातावरणमा सम्पन्न भएको बताइएको छ । उम्मेदवारहरूसंगै स्थानीयवासी, युवा र सामाजिक अगुवाहरूको उल्लेख्य सहभागिताले चुनावी माहोल झनै ऊर्जाशील बनेको छ ।

नेपाल कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका अजय चौर सिया यस अघि चुनावमा ठूलो मतले निर्वाचित उम्मेदवार हुन् । पर्सा–२ मा मधेशी, पहाडी तथा मुस्लिम समुदायको मिश्रित बसोबास रहेको छ । यहाँका अधिकांश मतदाता व्यापार, उद्योग, सेवा तथा साना उद्यमसँग प्रत्यक्ष रूपमा आबद्ध छन् ।

विकास र सुशासनलाई कानुनी आधारमा अघि बढाउनुपर्ने उनको जोडले उनलाई नीतिगत राजनीतिमा विश्वास गर्ने नेताको रूपमा स्थापित गरेको छ । विगतका निर्वाचनहरूमा यहाँ नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा) लगायतका दलबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो ।

जेन–जी आन्दोलन र बालेन साहको नाम रास्वपा र एमालेकी उम्मेदवार रिमा यादवको सघन प्रचारसंगै पूर्वमेयर बिजय सरावगीको सक्रिय भूमिकाले चुनावलाई अझ रोचक बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानु पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा होमिएका छन् ।

उनी यसअघि वीरगञ्ज महानगरपालिका वडा नं. १० का वडाध्यक्ष थिए । यस क्षेत्रमा रहेका मतदाताको सख्याको तुलनात्मक रुपपमा सबै भन्दा बढी मतदाता भएका वडा १० का स्थानिय वासी समेत रहेका सुशील साहकानुलाई जातिगत वैश्य समाजको समर्थन रहेको उनका सहयोगीहरु बताउँछन् ।

सुशील साह कानुले वडा अध्यक्षका रूपमा विकासमुखी र समन्वयात्मक नेतृत्व प्रस्तुत गरेको भन्दै स्थानीयस्तरमा सकारात्मक चर्चा बटुलिरहेका छन् । एमालेपार्टिको तर्फबाट दुइ नम्बरका चुनावी कमाण्डरका रुपमा ओर्लेका पुर्व मेयर बिजय सरावगीले रिमा यादवलाई एमालेकी ‘जेन–जी’ उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रचार प्रसारलाई अगाडि बढाएका छन् ।

दुई पार्टीबाट उम्मेदवार बनेका प्रदीप यादव र सुशील साह कानुबीचको गहिरो र निकै पुरानो राजनैतिक, आर्थिक र मधेश आन्दोलनमा आधारित सम्बन्ध छ । दुबै नेताको राजनीतिक जग मधेश आन्दोलन नै भएको बताइन्छ । हालै एमालेमा प्रवेश गरेका पूर्वमन्त्री प्रदीप यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका सुशील साह कानुबीच दुई दशक लामो व्यक्तिगत तथा राजनीतिक सम्बन्ध रहेको बताइन्छ ।

यादव र कानु फरक–फरक दलबाट चुनावी मैदानमा उत्रिए पनि दुवैबीचको पुरानो सम्बन्धका कारण एक–अर्कालाई सहयोग नगरी नहुने एमाले र रास्वपाका कार्यकर्ताबीचमा चर्चा छ । प्रदिप यावदसंगै वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह एमालेमा प्रवेश गरेसंगै वर्तमान र पूर्व मेयर बिजय सरावगी एमालेमा ‘एक मियानमा दुई तलवार’ को अवस्था छ ।

जसले गर्दा आन्तरिक शक्ति सन्तुलन चुनावको अन्तिम दुई रात्रिमा कत्ता जाने हो त्यो चुनावी परिणामले देखाउने निश्चित छ ।

Comment


Related News

Latest News

Trending News