२०८२ फाल्गुन ५, मंगलवार ०८:०३

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बेलुका सवा ७ बजेदेखि शुरु हुनेछ ।

यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ । नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन ।

कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जीत निकाल्दै इंग्ल्याण्ड ६ अङ्कसहित समूह ‘सी’बाट सुपर एटमा पुगेका छन् ।

आजै बिहान सवा ११ बजे भारतको चन्नईमा क्यानडा र न्युजिल्यान्ड तथा दिउँसो सवा ३ बजे श्रीलङ्काको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । यसअघि हिजो भएका खेलमा आयाजक श्रीलङ्काले अस्ट्रेलियालाई ८ विकेटले हराउँदै समूह ‘बी’बाट सुपर एटमा पुग्यो । हिजो नै भएको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले र अफगानिस्तानले यूएईलाई ५ विकेटले हराएको छ ।

Comment


Related News

Latest News

Trending News