२०८२ फाल्गुन ५, मंगलवार १८:३१

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन मतदाता शिक्षा एवम् निर्वाचन प्रचार प्रसारका लागि आयोगले मंगलबार काठमाडौंमा गरेको छलफलमा भण्डारीले निर्वाचन आचारसंहिता बिपरित मतदाताको स्वतन्त्र निर्णयलाई दिगभ्रमित तुल्याउनेगरि मतदान हुनुअघि नै हारजितको अनुमान वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कामप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

अनुमानमा भरमा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्दा उम्मेदवारहरूलाई हतोत्साहित बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खल्ल पु¥याउने काम भएकाले यस्तो नगर्न उहाले अनुरोध समेत गर्नुभयो ।

उहाले प्रविधिको तीव्र विकाससँगै आर्टिफिसियल एजेन्सीको प्रयोग गरी सिर्जना गरिएका दिगभ्रमित पार्ने स–सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन समेत आग्रह गर्नुभयो ।

प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको दुरूपयोगले निर्वाचनको निष्पक्षतालाई नै धरासि बनाउन सक्ने जोखिम हुने भण्डारीले बताउनुभयो ।

उहाले निर्वाचनको वातावरण बिग्रने गरी अनुमानित सर्वेक्षण नतिजा सम्प्रेषण नगरी संयम अपनाई चौथो अंगको जिम्मेवारी वहन गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

प्रेस स्वतन्त्रताको उपभोग गरिरहँदा निर्वाचनको मर्यादा र मतदाताको गोप्य मत दिन पाउने अधिकारको रक्षा गर्नु सबैको साझा संवैधानिक कर्तव्य भएको उहाले बताउनुभयो । उहाले फागुन २१ गते तोकिएको निर्वाचनलाई सफल पार्न सवैको सकारात्मक भूमिका आवश्यक रहेको धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News