२०८२ फाल्गुन ६, बुधबार ०७:३९

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा १ मा चुनावी सरगर्मी उत्कर्षमा छ । सबै उम्मेदवार चुनावी अभियानलाई तिब्रताका घरदैलो, भेटघाट, पार्टी प्रवेश तथा सम्पर्क कार्यालय उद्घाटन जस्ता गतिविधिलाई बढाएका छन ।

जसले गर्दा चुनावी वातावरण तात्दै गएको छ । मुख्य रूपमा नेपाली कांग्रेसका अनिल रुङ्गटा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का, बुद्धिप्रसाद पन्त ‘हरि पन्त’, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रदीप यादव, र जनता समाजवादी पार्टी (जसपा) नेपालका रामनरेश यादवबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।

चुनावी कार्यक्रम तथा कोणसभामा दलहरूबीच कडा प्रहार–प्रतिप्रहार समेत देखिन थालेको छ । जसपा नेपालका महासचिव तथा मधेस प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत गद्दीले सत्तास्वार्थमा केन्द्रित बहुरूपिया उम्मेदवार हरूबाट सावधान रहन मतदातालाई कडा प्रहार गरेका छन । सोमबार जसपा नेपालले बेलवामा आयोजना गरेको कार्यक्रममा यस्तो आक्रामक भाषण गरेका हुन ।

उनले मधेसीलाई सधैँ अपमानित गर्ने र अधिकार दिन नचाहने नेकपा एमालेका उम्मेदवार अहिले मधेसीको हितैसी भएको नाटक मञ्चन गरिरहेकाले त्यस्ता बहुरूपियाबाट सचेत रहँदै सही उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धिप्रसाद पन्त ‘हरि पन्त’ को समर्थनमा टेंढामा आयोजित पार्टी प्रवेशमा व्यापक सहभागिता देखियो । विभिन्न दल परित्याग गरी सयौं कार्यकर्ता रास्वपामा प्रवेश गरेको छ ।

नवप्रवेशीहरूले देशले परिवर्तन खोजिरहेको र त्यसका वाहक रास्वपा मात्र भएको दाबी गर्दै हरि पन्तलाई बिजयी गराउने प्रतिबद्धता व्यक्त गरे । यता नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङटाले वीरगञ्ज शहर तथा गाउका वडाहरुमा घरदैलो अभियानमा लगायतका कार्यक्रमलाई सक्रिय पारेका छन् । घरदैलोमा रुगंटा प्रति आकर्षण बढदै गएको कांग्रसी नेताहरुको दाबी छ ।

उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सुधारका एजेन्डा अघि सारेका छन । कांग्रेसमा पनि वीरगन्ज महानगरपालिका वडा नं. १३ मुर्लीमा आयोजित कार्यक्रममा अन्य दलका सयौं नेता कार्यकर्ता प्रवेश गरेका छन् । नेता रुङटाले वीरगञ्ज–पथलैया औद्योगिक करिडोर विस्तार, लगानीमैत्री वातावरण निर्माण र युवालाई स्वदेशमै अवसर सृजना गर्ने योजना प्रस्तुत गरेका छन् ।

उनले मधेसी, मुस्लिम, महिला तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण आफ्नो प्राथमिकता रहने स्पष्ट पारे । नेकपा (एमाले) बाट उम्मेदवार बनेका प्रदीप यादवले पार्टिका स्थानिय नेताहरु बिच बिश्वासको बाताबरण जगाउने अभियानलाई तिब्रता दिएको बताइन्छ ।

पुर्व मन्त्री समेत रहेका नेता यादवले मधेस आन्दोलनमा आफुसंग रहेका कार्यकर्ताहरुलाई दिनहु एमालेमा प्रवेश गराउने कार्यलाई तिब्रता दिएका छन । विगतमा तीन पटक मन्त्रीको रूपमा काम गरेको अनुभव बताउदै उनले कोरोना महामारी, खानेपानी संकट र स्वास्थ्य सेवामा आफूले खेलेको भूमिकालाई उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन् ।

वीरगञ्ज महानगरपालिका–१६ इनार्वामा आयोजित घरदैलो कार्यक्रममा उनले खानेपानी, सडक, सरसफाइ, स्वास्थ्य सेवा र युवा रोजगारीलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । सोही अवसरमा एमालेले प्रचार–प्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै जनतासँग प्रत्यक्ष समन्वय सुदृढ गर्ने जनाएको छ ।

पर्सा–१ को ग्रामीण तथा शहरी क्षेत्रमा काँग्रेस ,रास्वपाबीच कडा टक्कर रहेको बताइन्छ । प्रचार प्रसारको रापतापले त्रिकोणात्मक चुनावी प्रतिस्पर्धा देखिएको छ । जसले गर्दा यसपटको चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरुको शक्ति प्रदर्शनले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

Comment


Related News

Latest News

Trending News