नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले गगन थापाको नेतृत्वको सरकार बने देशमा विकासका लहर आउने दाबी गरेका छ्न ।
जनकपुरधाममा आयोजित कांग्रेसको ‘प्रतिज्ञा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने कांग्रेसले देशमा विकास गरेन् जसले भनिरहेका छन् तिनीहरुलाई जवाफ दिन चाहन्छु अहिले देखिरहेको विकास रेल, सडक, हवाई र उद्योगहरुको विकास कांग्रेसले नै गरेको हो । अहिले देशमा टाट पल्टिएको आएको अवस्थाबाट परिवर्तनका लागि कांग्रेस नेतृत्वको बहुमतिय सरकारको आवश्यकता छ ।
कांग्रेसले आउंदो निर्वाचनमा ३२ सिटमा ३१ सिट जित्ने दाबी गर्दै नेता यादवले प्रत्येक नेता कार्यकर्ताहरुलाई मतदाताको घर घरमा गई कांग्रेसले अहिलेसम्म गरेका कामहरुको बारे जानकारी दिन आग्रह गरे । उनले अहिले नयाँ दलहरुको चलेको हावाको पक्षमा नलाग्न मतदाताहरुलाई आग्रह गर्दै अहिले बदलिएको नयाँ पार्टी कांग्रेस नै हो ।
विकास र एजेण्डासहित गगन थापा नेतृत्वको कांग्रेसले पार्टी बदलिए झै देशको मुहार पनि बल्ने विश्वास व्यक्त गरे । नेता यादवले भने नेपाली कांग्रेस अवसरवादीको पार्टी नभई संघीयता र लोकतन्त्रको पक्षधर पार्टी हो । अहिले देश जलाउने वा बचाउने कसको जिम्मा दिने मतदाताहरुको हातको हातमा निर्णय गर्ने अधिकार आएको छ । कांग्रेसलाई बहुमत दिए देश विकास मात्र होइन संघीयता र लोकतन्त्र परेको खतरा समेत टर्नेछ ।


