२०८२ फाल्गुन ७, बिहीबार १७:०४

सर्लाहीमा निर्माणाधीन हनुमान मन्दिरमा भेटिएको पेस्तोल चलाउने क्रममा पडकिँदा एक बालक घाइते भएका छन्।

बिहीबार दिउँसो करिब डेढ बजे पेस्तोल पड्किँदा मलंगवा नगरपालिका ४ ढाँका गाउँ बस्ने रामविश्वास रायका छोरा १५ वर्षीय आकाश राय घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रायको घरदेखि सय मिटर पूर्वमा रहेको निर्माणाधीन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको बस्तु खोली हेर्दा पेस्तोल फेला परेको थियो।

बालकले पेस्तोल नक्कली ठानेर चलाउने क्रममा पड्किँदा दाहिने हाँतको पन्जामा गोली लागि घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

घटनाबारे जानकारी हुनासाथ प्रवक्ता राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते किशोरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट पड्किएको खोका पेस्तोलमा अड्किएको अवस्थामा फेला परेको तथा कसले उक्त पेस्तोल त्यहाँ राखेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

Comment


Related News

Latest News

Trending News