२०८२ फाल्गुन ८, शुक्रबार ०७:०९

मैथिली भाषा, साहित्य र संस्कृतिको विकास तथा संवद्र्धनको उद्देश्यले मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सव’ तेश्रो दिनपनि जारी रहयो ।

फागुन ५ गते रंगभूमि मैदानबाट भव्य सांस्कृतिक झाँकीसहित औपचारिक उद्घाटन भएको सो महोत्सवमा बिहीवार विद्यालयस्तरीय मिथिला चित्रकला र वक्तृत्वकला प्रतियोगितासँगै विविधि विषयमा विमर्श र नाटकसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

यसअघि बुधवार मिथिला चित्रकला र लोकनृत्व प्रतियोगिता सम्पन्न भइसकेको छ भने फागुन ८ गते शुक्रवार कविता वाचनसहित विभिन्न प्रतियोगितामा उत्कृष्ट बनेकाहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जनाएको छ ।

कोषका अध्यक्ष जीवनाथ चौधरीका अनुसार महोत्सवले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको छ । ‘विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरी हाम्रो मौलिक पहिचानलाई सशक्त बनाउने प्रयास गरेका छौं,’ उनले भने ।

शुक्रबारसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्यिक गोष्ठी, कविता वाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, नाटक मञ्चन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना भइरहेको छ र त्यसमा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्र ाष्ट्रिय स्तरका कलाकार, साहित्यकार र रंगकर्मीहरूको सहभागिता रहेको छ ।

जनकपुरधामको सांस्कृतिक धरोहर, धार्मिक महत्व र ऐतिहासिक पृष्ठभूमिलाई साहित्य र नाट्य माध्यमबाट विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको कोषका अध्यक्ष चौधरीले जनाएको छ । उनका अनुसार बिहीवार पुस्तक चर्चा — जनकपुरधामके इतिहास, चित्रकला/हस्तकला : भितासँ आकाश धरि, भाषा : हिमालयसँ गंगा धरि, फिल्म : बाइस्कोप, नेपालीय मैथिली साहित्यक प्रवृति, जनकपुर गाथा : संस्मरण शब्दाञ्जली, दलित सीमान्तक स्वर लगायतका विषयमा विमर्श भएका गरिएको छ ।

यसअघि उद्घाटन सत्रका दिन फागुन ५ गते उठलै किए बिहाडि, फागुन ६ गते मैथिलीमे अख्यान लेखन, पग पग पोखरि, पियासल लोक, भाषा : राजकाज आ समाज, मैथिली साहित्यक समकाल, स्त्रीवाद/गार्गीक दलानपर विषयक शिर्षकमा विमर्श गरिएको छ । ती विमर्शहरुमा नेपाल तथा भारतका सम्बन्धित विज्ञहरुहरुले सहभागिता जनाएको बताइएको छ ।

कार्यक्रमको अन्तिम शुक्रवार सुगम प्रदेशमे दुर्लभ शिक्षा र लेवर सोल्जर विषयमा विमर्श गरिने कार्यक्रम रहेको जनाइएको छ । विमर्श र विविध प्रतियोगिता बाहेक महोत्सव अवधिभरि छुतहा घैल, कथा नइ भेटल, जटजटिन, देसिल बयना र बहुरुपिया विषयमा नाटक मञ्चनसहित मिथिला भोजन तथा पुस्तक प्रदर्शनी समेत भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News