२०८२ फाल्गुन ८, शुक्रबार ०७:१३

धनुषा र सर्लाहीमा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चारको मृत्यु भएको छ भने दुईजना घाइते भएको छ । सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा सर्लाहीको ईश्वरपुर नगरपालिका– १३ मा दुई युवाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब आठ बजेतिर भएको दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको छ ।

दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् ।

घटना अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईश्वरपुर नगरपालिका–१३ को बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीनवटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका थिए ।

यसअघि धनुषामा धनुषामा धनुषाधाम नगरपालिका ३ धनुष मन्दिरको पूर्वमा रहेको पुलबाट खसेर मृत्यू भएको थियो । मँगलबार साँझ करिब ८ः०० बजेको समयमा प्रदेश २ ००७ प ६९४६ नम्बरको मोटरसाईक दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यू भएको हो ।

मृत्यू हुनेमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर बस्ने स्थानीय श्रवनारायण ठाकुरका अन्दाजी २५ बर्षिय छोरा रामभरोस ठाकुर र सोही स्थान बस्ने स्थानीय राम सुगारथ साहका छोरा २८ बर्षिय दिनेश साहको घटनास्थलमै मृत्यू भएको थियो ।

धनुषाको मखनाहादेखि धनुषाधामतर्फ आउँदै गरेको सो मोसा बालगँगा पुलबाट तल झरेको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । उनीहरु मदिरा सेवनको कारण सवारी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।

यता, परिवारजनलाई भने कसैले विपरित दिशाबाट ठक्कर दिएको हुन सक्ने आशंका भएकोले सोही अनुसार छानबिन गरिदिन आग्रह गरेका छन् । करिब दुई बर्षअघि मात्र बिहे गरेको रामभरोस मात्र १५ दिन अगाडी विदेशबाट आएका थिए । घुम्नको लागि बाहिर निस्केका दुवै जनाको मोटरसाईकल दुर्घटनामा परी मृत्यू भएपछि सिँगो टोल शोकमग्न भएको छ ।

Comment


Related News

Latest News

Trending News