२०८२ फाल्गुन ८, शुक्रबार ०७:२५

सर्लाहीमा केही उम्मेदवारलाई घरदैलो कार्यक्रमको क्रममा दुव्र्यवहार गरिएको बुझिएको छ ।

जनता समाजवादी पार्टी नेपालबाट सर्लाही ३ का उम्मेदवार डा.जेपी यादव माथि बुधवार सर्लाहीको बागमती नगरपालिकामा अभद्र व्यवहार र गाली बेइजती केहि व्यतिmहरुले गरेको उनले जनाएको छ ।

बुधवार चुनाबी प्रचारको क्रममा उम्मेदवार यादव बागमती नगरपालिका गएका थिए । बागमती नगरपालिकामा गएको क्रममा केही व्यतिm आफूमाथि जाई लाग्दै दुव्र्यवहार गरेको उम्मेदवार यादवले भने । जसपा नेपालबाट प्रतिनिधी सभा सदस्य पदका लागि सर्लाही ३ बाट उमेदवारी दिएका उम्मेदवार यादव घरदैलोको क्रममा बागमती पुग्दा स्थानीय प्रशान्त वाईवा भन्ने व्यतिmले अचानक आएर गालीबेइजती गर्न थालेका थिए ।

वाइवाले बिना कारण आफु माथि आईलागेर अभद्र व्यवहार गरेको उम्मेदवार यादवले आरोप लगाएका हुन । हिजो पत्रकार सम्मेलन गरि उमेदवार यादवले लोकतन्त्रमा सबै व्यतिmले भोट माग्ने अधिकार रहेको छ ।

कुनै पनि उमेदवार निर्धक रुपमा लोकतन्त्रको भावना र मर्म अनुसार मतदान गर्ने तथा भोट माग्ने अधिकार छ । लोकतन्त्रमा कसैले पनि संविधानले दिएको अधिकारलाई कुन्ठित गर्न पाईदैन ।

आफु माथि अभद्र व्यवहार गर्ने वाइवालाई यथासिघ्र कारवाही हुनुपर्ने उम्मेदवार यादवले पत्रकार सम्मेलन मार्फत माग गरेको छ । यस्तै बागमती नगरपालिकामा गएको सप्ताह पनि रास्वपाबाट सर्लाही ३ का उमेदवार नरेन्द्र साह चुनाबी प्रचारमा जादा वहा माथि पनि केहि व्यतिmले अभद्र व्यवहार भएको थियो ।

सर्लाहीको बागमती नगरपालिकामा चुनाबी प्रचारगर्न वा भोट माग्न आउने बाहिरका उमेदवारलाई धपाउन प्रयास हुन थालेपछि प्रहरी सकृय भएको बताएको छ । स्थानीय केहि व्यतिmलाई पक्राउ गरि अनुसंन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News