२०८२ फाल्गुन ८, शुक्रबार १६:२५
सशस्त्र प्रहरी बल मुख्यालयबाट चुनावी सुरक्षाका लागि १ हजार ६०० भन्दा धेरै जनशक्ति खटिएका छन् । सशस्त्र प्रहरी मुख्यालय हलचोकबाट आज देशका विभिन्न जिल्लामा जनशक्ति पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
यसैबीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिनुभएको छ । ‘भर्चुअल’ माध्यममार्फत उहाँले सशस्त्र प्रहरीका सबै युनिटलाई निर्वाचन सुरक्षालाई अभियानका रूपमा लिई खटिन निर्देशन दिनुभएको हो ।


