२०८२ फाल्गुन ८, शुक्रबार १६:३०

एनसेलले फुडमान्डुसँगको साझेदारीमा नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमान्डु अर्डरमा आकर्षक छुट सुविधा प्रदान गर्नेछ । यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रूपैयाँको छुट पाउने कम्पनीले जनाएको छ ।

५ फागुनदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकेजको खरिदमा ग्राहकहरूले १५० रूपैयाँ छुटको कुपन प्राप्त गर्नेछन्। यो कुपन फुडमान्डुमा १ जार वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन्। ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी १५० रूपैयाँ छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन नपाइने कम्पनीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News