२०८२ फाल्गुन ८, शुक्रबार १६:५२

आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो । आयोगले चार गते अगाडि नै घोषणापत्र बुझाउन भनेपनि दलहरुले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिनुभयो । उम्मेदवारहरुको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण बिवरण आउन बाँकी रहेको उहाले बताउनुभयो ।

सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सवै मतपत्र छपाई सम्पन्न गरि प्याकिङ्को काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशमा ढुवानी गरिसकेको जानकारी दिनुभयो । उहाले निर्वाचनका लागि छापिएका नमूना मतपत्रहरु लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र ८ हजार ८ सय ६७ उम्मेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको बताउनुभयो ।

उहाले यस हप्ता सार्वजनिक विदा धेरै परेकाले अर्को हप्ताको आइतबार र सोमबार बैंक खाता खोल्ने उम्मेदवारको संख्या निकै बढ्न सक्ने आयोगको अनुमान रहेको धारणा राख्नुभयो । सहायक प्रवक्ता पुनले निर्वाचन आयोगले तयार गरेको कार्यतालिका बमोजिम नै निर्वाचनको तयारीका काम अघि बढिरहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News