नेकपा एमालेका जनकपुरधाम वडा नम्बर ९ का सचिव रंजित साह, जनकपुर पावर जिमका संचालक र रत्न कर्ण लगायत करीब दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
कांग्रेसका पूर्व सह महामन्त्री एवं धनुषा ४ का उम्मेदवार महेन्द्र यादवले उनीहरुलाई फुलमाला र टीका लगाई पार्टी प्रवेश गराएका छन् । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले नेपाली कांग्रेसको जीत भए मात्रै देशमा संघीयता बाच्न सक्ने दाबी गरे । उनले भने देशमा जब जब संकट प¥यो नेपाली कांग्रेसले अहम भूमिका निर्वाह गरेको छ ।
अहिले पनि देश गम्भीर संकटको मोडमा पुगेको छ त्यसबाट उन्मुक्ति दिने पार्टी एकमात्र नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसले देशमा संविधान निर्माणदेखि संघीयता ल्याउनमा प्रमुख भूमिका निर्वाह गरेकाले अहिले यी दुवै संकट स्थितिमा परेकाले यसबाट बचाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन अत्यधिक संख्यामा जिताउन आग्रह उनले गरे ।



