२०८२ फाल्गुन ९, शनिबार ०७:४६

गत फागुन ५ गतेदेखि जनकपुरधाममा आयोजित चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सम्पन्न भएको छ ।

मैथिली भाषा, साहित्य र संस्कृतिको विकास तथा संवद्र्धनको उद्देश्यले मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित साहित्य, कला तथा अन्तर्र ाष्ट्रिय नाट्य महोत्सव मा विद्यालयस्तरीय मिथिला चित्रकला, कविता, वक्तृत्वकला, लोकनृत्य प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम, नाटक मंचन र विभिन्न विधामा विमर्श लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले भने साहित्य, कला र नाटक कुनैपनि समाजको सभ्यताको प्राण हुन । मैथिली विकास कोषद्वारा आयोजना हुँदै आएको साहित्य, कला तथा अन्तराष्ट्रिय नाट्य महोत्सवले समाजको सभ्यतामा ठूलो योगदान पु¥याइरहेको छ ।

उनले जनकपुरधाम केवल एउटा शहर मात्र होइन, यो आफैंमा एउटा जीवित संग्रहालय र चिन्तनको पाठशाला हो । कोषले आयोजना गर्दै आएको अन्तराष्ट्रिय महोत्सवले हाम्रो मधेशको मौलिक संस्कृति, अनुभूति र पर्यटनको सम्भावनालाई विश्वसामु पु¥याउंदै आएको योगदान निकै प्रशंसनीय रहेको भनी प्रसंशा गरे ।

महोत्सवको क्रममा शुक्रवार कविता वाचनसहित विभिन्न प्रतियोगितामाउत्कृष्ट बनेकाहरुलाई पुरस्कार वितरण गरिएको र लेबर सोल्जर विषयमा सम्बन्धित विज्ञहरुसँग विमर्श गरिएको आयोजक पक्षले जनाएको छ । यसअघि बुधवार मिथिला चित्रकला र लोकनृत्व प्रतियोगितासहित विमर्श र नाटक मंचन, बिहीवार विद्यालयस्तरीय मिथिला चित्रकला र वक्तृत्वकला प्रतियोगितासँगै विविधि विषयमा विमर्श र नाटकसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिएका छन् ।

महोत्सवले जनकपुरधामको बहुआयामिक सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिएको भन्दै उनल भने ‘विभिन्न जातजाति र समुदायका सांस्कृतिक झल्को प्रस्तुत गरी हाम्रो मौलिक पहिचानलाई सशक्त बनाउने प्रयास गरेका छौं ।’ महोत्सव अन्तर्गत साहित्यिक गोष्ठी, कविता वाचन, पुस्तक विमोचन, चित्रकला प्रदर्शनी, नाटक मञ्चन तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना भइरहेको छ र त्यसमा स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकार, साहित्यकार र रंगकर्मीहरूको सहभागिता रहेको थियो ।

उनका अनुसार शुक्रवार सुगम प्रदेशमे दुर्लभ शिक्षा र लेवर सोल्जर विषयमा विमर्श गरिएको छ भने महोत्सव अवधिभरि छुतहा घैल, कथा नइ भेटल, जटजटिन, देसिल बयना र बहुरुपिया विषयमा नाटक मञ्चनसहित मिथिला भोजन तथा पुस्तक प्रदर्शनी समेत भएको छ । बिहीवार पुस्तक चर्चा — जनकपुरधामके इतिहास, चित्रकला/हस्तकला : भितासँ आकाश धरि, भाषा : हिमालयसँ गंगा धरि, फिल्म : बाइस्कोप, नेपालीय मैथिली साहित्यक प्रवृति, जनकपुर गाथा : संस्मरण शब्दाञ्जली, दलित सीमान्तक स्वर लगायतका विषयमा विमर्श गरिएको थियो ।

यस्तै फागुन ५ गते उठलै किए बिहाडि, फागुन ६ गते मैथिलीमे अख्यान लेखन, पग पग पोखरि, पियासल लोक, भाषा : राजकाज आ समाज, मैथिली साहित्यक समकाल, स्त्रीवाद/गार्गीक दलानपर विषयक शिर्षकमा विमर्श गरिएको थियो । मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, कोषका सदस्य नित्यानन्द मण्डल, सदस्य सचिव श्यामसुन्दर शशी, पूर्व मन्त्री रामसरोज यादव लगायतले महोत्सवको उपलब्धि बारे धारणा राखेका थिए ।

दक्षता अभावले कामदारलाई सास्ती

सीपमूलक दक्षता अभावका कारण कामदारहरुलाई निकै सास्ती भोग्नु परिरहेको कुरामा वक्ताहरुले जोड दिएका छन ।

शुक्रवार मैथिली विकास कोषद्वारा आयोजित चार दिने जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव अन्तर्गत लेबर सोल्जर विषयक विमर्श कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् । सीप र दक्षता अभावले वैदेशिक रोजगारमा रहेका कामदारहरुको रोजगारी र सुरक्षाको प्रत्याभूति हुन नसकेकाले राज्य पक्षले यसमा गम्भीर हुनुपर्ने उनीहरुले बताए ।

यी समस्या वैदेशिक रोजगारमा मात्र मात्र नभई स्वदेशमा समेत गम्भीर समस्याको रुपमा रहेको समेत बताए । यी बाहेक वैदेशिक रोजगारमा मैनपावरहरुबाट ठगी, नक्कली प्रमाणपत्र लिएर जाने, रोजगारमा गएपछि भने अनुसार काम नदिई आवश्यकताभन्दा बढी भारी काम दिने लगायतका समस्या पनि उतिकै रहेकाले राज्य पक्षले कामदार पठाउंदा के कस्ता प्रकृति काममा पठाइएको बारे समयमै निगरानी गर्नु आवश्यक रहेकोमा जोड वक्ताहरुले दिए ।

कार्यक्रममा उपस्थित वक्ताहरुले राज्यको अर्थतन्त्रमा ठूलो योगदान पु¥याइ रहेका वैदेशिक रोजगारका कामदारहरुको असमायिक मृत्यु हुने संख्या वर्षेणी बढ्दै जानु चिन्ताको विषय रहेको छ । सरनकारले यस कुराप्रति समयमै कुनै ठोस कदम नबढाए आगामी दिनमा भयावह स्थिति श्रृजना गर्न सक्ने बारे सचेत गराए । कार्यक्रममा कार्यक्रम संचालक वरिष्ठ पत्रकार बृजकुमार यादवले देशमा कामदारको अवस्था र वैदेशिक रोजगारमा रहेकाहरुको समस्या बारे अवगत गराउंदै धनुषासहित मधेश प्रदेशबाट वैदेशिक रोजगारमा गएकाहरुको तथ्यांक प्रस्तुग गरेका थिए ।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका अमर यादव, निती तथा योजना आयोगका पूर्व उपाध्यक्षद्वय डा. भोगेन्द्र झा र डा. सोहन साह, राकेश रंजन, डा. सुर्यनाथ मिश्रले लेबर सोल्जरको अवस्था चित्रण गर्दै राज्यले गर्न सक्ने उपाय बारे धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News