२०८२ फाल्गुन ९, शनिबार ०७:५८
सिरहा प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार दिउँसो सवारी चेकजाँचको क्रममा बरियारपट्टी गाउँपालिका–३ स्थित शिवनगरका २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरेको हो । बरियारपट्टी हुँदै औरहीतर्फ आइरहेको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एक हजार दरका १४ सय नोट बरामद गरिएको जिप्रका सिरहाले जानकारी दिएका छन् । प्रहरीले बरामद रकमको स्रोत पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ भने पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।



