२०८२ फाल्गुन ९, शनिबार १६:५३

सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्।

चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महादेव गाउँपालिका-५ कै २५ वर्षीय  हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको खुलेको छ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी (डीएसपी) डम्बरबहादुर पुरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए ।

Comment


Related News

Latest News

Trending News