२०८२ फाल्गुन १२, मंगलवार १०:५७

राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबाट सर्लाही–३ मा उठेका महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले अब नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने भएका छन् ।

मंगलबार बागमतीमा आयोजित कार्यक्रममा दाहालले आफू र आफ्नो टिमले अब कांग्रेसलाई सघाउने घोषणा गरे । कार्यक्रममा बोल्दै खनालले दाहालको सदासयताका निम्ति आभार प्रकट गरेका थिए ।

सर्लाही–३ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा छ । एमालेबाट हरिप्रसाद उप्रेती उम्मेदवार छन् भने नेकपाले हेभिवेट नेता नारायणकाजी श्रेष्ठलाई पठाएको छ । रास्वपाबाट नरेन्द्र साह कलवार उठेका छन् ।

पछिल्ला दिनमा खनालको पक्षमा माहोल बनेको कांग्रेसको दाबी छ । खनाल जुझारु र विकासप्रेमी नेताका रुपमा यस क्षेत्रमा लोकप्रिय छन् । उनी नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा सुरुबाटै उभिएका थिए ।

Comment


Related News

Latest News

Trending News