२०८२ फाल्गुन १२, मंगलवार १७:०३

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कुनै प्रतिशोध नराखी ४६ साल पछिका सवै प्रकरणको छानविन हुने बताउनुभएको छ ।

मंगलबार इटहरीमा आयोजित चूनावी परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै लामिछानेले भ्रष्टाचारप्रति रास्वपा निर्मम भएर अघि बढ्ने भन्दै कुनै प्रतिशोध नराखी ४६ साल पछिका सवै प्रकरणको छानविन हुने बताउनुभएको हो ।

उहाले विधिको शासन स्थापीत गर्दै मुलुकमा सुशासन कायम गरिने धारणा राख्नुभयो । समयमा काम गर्ने निर्माण व्यवसायीलाई डोरीले नभइ नीतिले बाध्ने कुरा रास्वपाले गरेको भन्दै लामिछानेले राम्रा काम गर्ने निर्माण व्यवसायीलाई देशको नीतिले रक्षा गर्ने वातावरण बनाउने स्पष्ट पार्नुभयो ।

त्यस्तै उहाले सहकारीका बिषयमा आफुलाई धेरै आरोपमाथि आरोप लगाएपनि रास्वपा नेतृत्वको सरकार बनेपछि सय दिनभित्र बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने बताउनुभयो । लामिछानेले देशमा परिवर्तनका लागि योगदान दिन आह्वान समेत गर्नुभयो ।

त्यस्तै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहले नयाँ उद्योग कलकारखाना स्थापनका लागि दस जना नेतालाई ढोग्ने परम्परा र चन्दा दिनुपर्ने अवस्थालाई रास्वपाले अन्त्य गर्ने बताउनुभयो । उहाले कोशीमा प्रचुर औधोगिक वातावरण बनेपनि अघि बढ्न नसकेको उल्लेख गर्दै समग्र पूर्वी क्षेत्रको विकास गर्न रास्वपा तयार रहेको धारणा राख्नुभयो ।

शाहले देशलाई जोगाउने पार्टी बनेर रास्वपाले जनताको मत जित्ने जिकिर गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News