२०८२ फाल्गुन १३, बुधबार ०७:४५

यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन अगावै अन्तर्राष्ट्रिय सीमानाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष निर्वाचन आयोगले सिफारिस गरेको छ ।

आयोगका सदस्य सगुन शमशेर जबरा नेतृत्वको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ गतेका लागि तय भएको निर्वाचन अन्तर्गत नेपाल–भारत र नेपाल–चीन सीमानाका सिल गर्न सिफारिस गरिएको छ । भारतसंग नेपालको खुला सीमानाका छ । करिब १ हजार ८ सय ८० किलोमिटर लम्बाइमा नेपाल–भारत सीमा क्षेत्र कायम रहेको छ ।

त्यसैगरी नेपाल–चीन सीमा नियन्त्रित अवधारणाअन्तर्गत छ । दुवै देशका नागरिक भिसा र सीमावर्ती जिल्लाका हकमा स्थानीय प्रशासनले जारी गरेको अस्थायी पासका आधारमा आवागमन हुने व्यवस्था गरिएको छ । आयोगले निर्वाचनका बेला अत्यावश्यक वस्तु तथा सेवाको हकमा जाँच गराउनुपर्ने र बाँकीको हकमा भने आवागमन पूर्ण रूपमा बन्द गर्न सिफारिस गरिएको छ ।

त्यस्तै मतदान र अघि गरी एक साताका लागि देशभर मदिरा बिक्रीवितरणलाई समेत रोक लगाउन सिफारिस गरिएको जनाइएको छ । मदिरा सेवन गरेर शान्ति सुरक्षामा खलल पु¥याउने, सामाजिक सद् भाव बिथोल्नेलगायत गतिविधि नियन्त्रणका लागि एक सातालाई बिक्री वितरण रोक लगाउन सिफारिस गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुरक्षा समितिको बैठकमा निर्वाचन तयारी र व्यवस्थापनका क्रममा गरिएका प्रयास र रणनीतिबारे समीक्षा भएको भट्टराईले बताए । निर्वाचनका दिन गाडी चल्न नदिने, अत्यावश्यक पासवाहकबाहेकलाई आवागमनमा रोक लगाइने, मौन अवधिमा हुन सक्ने प्रचारप्रसार निगरानी र नियन्त्रण गर्ने, सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नियन्त्रण गर्नेलगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

निर्वाचन सुरक्षा तयारी अन्तर्गत माघमै सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलका वाहिनीपति(डीआईजी) स्तरीय बैठकबाट नेपालको निर्वाचनलाई ध्यानमा राखेर सीमानाका ७२ घण्टा सिल गर्ने सहमति भइसकेको बताइएको छ । काठमाडुमा मंगलबार दिउँसो बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डार ीसहितका पदाधिकारी, नेपाली सेनाका रथी प्रदीपजंग केसी, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीलगायत गृह र रक्षा मन्त्रालय तथा मातहतका अन्य सुरक्षा अधिकारीहरू सहभागी रहेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाए अनुसार निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार दृढ रहेको र सोही अनुसार जनशक्ति परिचालन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News