फागुन २१ हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि ७२ घण्टा अगावै सीमा –बोर्डर) सिल गरिएपनि मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरु भारतीय साधु सन्त तथा श्रद्धालुहरुलाई घर फर्किन कुनै अवरोध नगरिने छैन ।
निर्वाचनको ७२ घण्टा अगावै बोर्डर सीमा सिल गर्ने कानूनी प्रक्रिया रहेपनि परिक्रमामा सहभागी भारतीय यात्रीहरुलाई घर फर्किन कुनै अवरोध नगरिने स्थानीय प्रशासनले जनाएको छ ।
चौतर्फी आवाज उठन थालेपछि धनुषा र महोत्तरीमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको बैठकबाट परिक्रममा सहभागी साधुसन्त श्रद्धालुहरुलाई घर फर्किन कुनै अवरोध हुन दिने सहजता प्रदान गरिने निर्णय गरेको हो ।
मिथिलाको महाकुम्भको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुन आएका सीमा सिल भएपछि कसरी फर्किने चिन्ताको विषय बनेको थियो । तर सर्वदलीय बैठकबाट २० गतेसम्म परिक्रमामा सहभागीहरुलाई घर फर्किन सीमामा प्रहरीसँग समन्वय गरी सहजता प्रदान गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषा र महोत्तरीले जनाएको छ ।
उनीहरुले परिक्रमामा सहभागीहरुलाई घर फर्किन मौन अवधिमा बोर्डर खुल्ला राख्ने भन्ने कुरा बैठक निर्णय पत्रमा उल्लेख गरेको छैन । निर्णय पत्रमा उल्लेख नभएपनि आन्तरिक रुपमा सहजता प्रदान गरिने मौखिक सहमति रहेको उनीहरु बताउंछन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले भने परिक्रमा सहभागीहरुलाई सीमा सील अगावै घर फर्किन हामीले आग्रह गरेका छौं । तर परम्परागत रुपमा उहाँहरुले अन्तरगृह परिक्रमा घुमेर नै जाने भएकालाई घर फर्किन बोर्डरमा २० गतेसम्म कुनै अवरोध गरिने छैन ।
त्यसका लागि हामीले सीमा प्रहर ीसँग समन्वय गर्छौ । निर्णय पत्रमा त्यो कुरा नभएको भन्ने प्रसंगमा उनले थप्दै भने सबै कुरा लेख्ने पर्ने जरुरी छैन व्यवहारिकमा हामीले अवरोध गर्नेछैनौं । यस्तै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि परिक्रमा सहभागी भारतीय साधुसन्तलाई मौन अवधिमा घर फर्किनमा बोर्डरमा कुनै अवरोध नगरिने जनाएको छ ।
उनले भने कुनै पनि निर्वाचन सीमा सील भएको अवस्थामा बोर्डरमा देश बाहिरका नागरिकलाई आफ्नो गणतव्य फर्किन अवरोध गरिदैन । त्यही भएर हामीले पनि बोर्डर सील भएपनि उताबाट आउन दिदैनौं । तर परिक्रमामा सहभागीहरुका लागि सीमा प्रहरीसँग समन्वय गरी घर फर्किन चुनाव हुने २१ ग्ते बाहेक २० गतेसम्म कुनै अवरोध गर्दनौं भने कुरा सर्वदलीय बैठकबाटै निर्णय भइसकेको छ ।
निर्णय पत्रमा त्यो कुरा उल्लेख नगरिएको बारे उनले पनि सबै निर्णय पत्रमा लेख्ने आवश्यकता छैन हामीबीच व्यवहारिक रुपमा आन्तरिक सहमति भएको बताए ।
दुवै जिल्लाका प्रशासन कार्यालयले निर्णयमा ती उल्लेख नगर्दा स्थानीय संसकित भएका छन् । फागुन ४ गते जनकपुरधामस्थित हनुमानगढीबाट शुरु भएको परिक्रमा भगवान श्री रामजानकीको डोलासहित नेपाल भारतको विभिन्न स्थानको परिक्रमा गर्ने परम्परा रहेको छ । १५ दिनको यात्रा सम्पन्न गरी १८ गते जनकपुरधाम आउने र १९ गते जनकपुरधामको अन्तगृह परिक्रमा गरी यस वर्ष सम्पन्न हुनेछ ।



