२०८२ फाल्गुन १३, बुधबार १४:२५

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताउनुभएको छ ।

बुधबार जनकपुरधामस्थीत जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभइ समग्र मुलुकको बिकासको कुरा गर्ने भन्दै अव तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताउनुभएको हो ।

उहाले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गर्नुभयो । उहाले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।

दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाई समेत प्राथमिकतामा राख्दै यहाका धामिर्क पर्यटनलाई बढावा दिने गरि काम गरिने उहाले बताउनुभयो ।

लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चूकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News