२०८२ फाल्गुन १४, बिहीबार ०७:५५

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त ढंगले सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय रौतहटले मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा सेवनमा कडा प्रतिबन्ध लगाएको छ ।

सिडियो दिनेश सागर भुषालद्वारा बुधबार जारी सूचनाअनुसार फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको कारोबार र सार्वजनिक सेवन पूर्ण रूपमा निषेध रहनेछ।

प्रशासनका अनुसार यो कदम निर्वाचन अवधिमा सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद् भाव कायम राख्न अत्यावश्यक मानिएको छ । आदेश उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

साथै, सुरक्षा निकायमार्फत निरन्तर अनुगमन गरिने प्रशासनले स्पष्ट पारेको छ। निर्वाचन सफल बनाउन होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणको सक्रिय सहयोग आवश्यक रहेको भन्दै प्रशासनले सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

Comment


Related News

Latest News

Trending News