२०८२ फाल्गुन १५, शुक्रबार ०६:५५

१५ दिने मिथिला मध्यमा परिक्रमाका यात्रीहरु बिहीवर धनुषाको सत्तोषर पुगेका छन भने शुक्रवार औरही आउनेछ ।

सोमवार कञ्चनवनमा होरी उत्सव मनाइ मंगलवार पर्वतामा विश्राम गरेका यात्रीहरु बुधवार धनुषाधाम हुँदै बिहीवार सतोषर पुगेको हो । सो क्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा परिक्रमा यात्रीलाई भव्य स्वागत गरिएको छ ।

महेन्द्रनगरमा रहेको क्षीरेश्वरनाथ मन्दिर दर्शन गर्दै यात्रीहरु पर्वताका लागि प्रस्थान गर्ने क्रममा महेन्द्रनगर नगरपालिका अगाडि प्रत्येक वर्ष झैं यस वर्ष पनि परिक्रमा यात्रीलाई महेन्द्रनगरका स्थानीयवासी, व्यापारी, राजनितीकर्मीहरुले भोजन, सरवत र औषधि वितरण गरेका थिए । प्रत्येक वर्ष फागुन कृष्ण औंसीको दिनदेखि विधिवत सुरु हुने परिक्रमामा सयौं भक्तजनहरू सहभागी हुने गर्दछन् ।

परिक्रमा अवधि (१५ दिन) भर मिथिलाञ्चलका १५ वटा धार्मिक तीर्थस्थलहरूमा विश्राम गर्दै फागुन पूर्णिमाको दिन परिक्रमा पुनः जनकपुरधाम आइ अन्तगृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने गरेको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट प्रस्थान गर्ने मिथिला बिहारीको डोला साधुसन्त र हजारौँ भक्तजनसहित पहिलो दिन जनकपुरको अग्निकुण्ड मन्दिरमा आइ वास वस्ने चलन छ ।

त्यहाँ डोलाको भव्य स्वागत गर्दै किशोरीजीको डोलासँगै जानकी मन्दिर दर्शन पछि जनकपुरको दक्षिणी ढोकामा रहेको परिक्रमाको पहिलो पडाव हनुमानगढी र त्यस पछि भारत बिहारको कल्याणेश्वर विधिवत् रुपमा १५ दिने यात्रा शुभारम्भ हुने गरेको छ ।

Comment


Related News

Latest News

Trending News