२०८२ फाल्गुन १५, शुक्रबार ०६:५८

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले घरदैलो अभियानलाई तिव्र पारेका छन् ।

बिहानदेखि राति १० बजेसम्म आफ्नो प्रचार प्रसारका लागि घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । विकासका एजेण्डासहित देशमा संविधान, संघीयता र लोकतन्त्र बचाउन कांग्रेस नै विकल्प रहेको मतदाताहरुलाई सम्झाउंदै उनी मतदाताहरुको घरदैलोमा पुगी मत मागिरहेका छन् ।

धनुषा क्षेत्र नम्बर ४ मा विगतमा नेपाली कांग्रेसका सरकारले विकासका धेरै काम काम गरेपनि अहिलेपनि कृषिका लागि सिचाई, सुविधा सम्पन्न अस्पताल र उच्च शिक्षाका लागि गुणस्तरीय विद्यालयसहित सडक पूर्वाधारको काम बांकी रहेको भन्दै ती कामहरु आफूले पूरा गर्ने भनी मतदाताहरुसँग प्रतिबद्धता उनले प्रतिबद्धता गरिरहेका छ्न ।

घरदैलो अभियानकै क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले भने आफू यो क्षेत्रमा नजिते पनि कांग्रेस सरकारमा रहेका बेला यस क्षेत्रका खानेपानीदेखि सिचाईसम्मको पानीका लागि डिप ट्यूबेल र बोर्डिंग जडानको काम गराएको छु । तर यो क्षेत्र कृषि निर्भर भएकाले त्यो पर्याप्त छैनन् ।

विद्यालय स्थापनादेखि अस्पताल र सडकमा पनि आफू सकेसम्म धेरै नै काम गरेको छु । जसको मूल्यांकन अहिले जनता गरिरहेका छन् । जनताको माया स्नेह र विश्वासले आफू जित नजिक रहेको दाबी उनले गरे ।

नेता यादवले भने परिस्कृत बदलिएको कांग्रेसको जनलहर धनुषा ४ मात्र होइन देशभरि छ । जसको प्रत्यक्ष उदाहरण ठाउँ ठाउँबाट नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लर्को र मतदाताहरु स्वयं कांग्रेसप्रति देखाई माया स्नेह हो ।

धनुषा ४ मात्रै होइन मधेशमा सबैभन्दा बढी सिट नेपाली कांग्रेसले ल्याउंछ र बहुमतको सरकार बन्ने उनले दाबी गरे । हाल रास्वपा वरिष्ठ नेता बालेन साहको लहर रहेको बारे उनले भने शुरुमा केही हावा चलेको देखिएको थियो । तर त्यो अहिले हराएर गएको छ ।

निर्वाचन आउंदासम्म आफै मेटिएर जानेछ । जसको प्रत्यक्ष उदाहरण रास्वपाबाट कांग्रेसमा प्रवेश गर्नेहरुको लहरले देखाउंछ ।

Comment


Related News

Latest News

Trending News